मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे डुडुवा गाउपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँके कै उत्कृष्ट
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज  माघ ११  । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ ।

    आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्नको सार्वजनिक प्रतिबेदनमा डुडुवा गाउँपालिकाले १०० पुर्णाकमा ९२.२५ प्रतिशत सबै भन्दा अंक ल्याइ जिल्लाकै उत्कृष्ट भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार पालिकाले स्वमुल्याकंनको कार्यविधी अनुरुप पालिकाले प्रवाह गर्ने सेवा तथा कार्यसम्पादनलाई प्रमाणका आधारमा मुल्याकन गरिएको हो ।

    डुडुवा गाउँपालिकाले शासकीय प्रवन्धमा ८.५ अंक, संगठन तथा प्रशासनमा ७.५ अंक, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११ अंक, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ११ अंक, सेवा प्रवाहमा १५.५ अंक, न्यायिक कार्य सम्पादनमा ७ अंक, भौतिक पूर्वाधारमा ६.५ अंक, सामाजिक समावेशीकरणमा ८.७५ अंक, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ७ अंक र सहकार्य र समन्वय ३ अंक ल्याएको लिजाको वेभसाइटमा प्रतिबेदन उल्लेख गरिएको छ ।

    स्थानीय तहका १० वटा विषयगत क्षेत्रलाई पालिकाले विभिन्न ऐन, कानून, कार्यविधी, निर्णय प्रक्रियालगायतका कागजातहरुको प्रमाणका आधारमा एक सय वटा सूचकलाई विशलेषण गरि अंक निर्धारण गर्ने गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय महाशाखाका शाखा अधिकृत चिरञ्जवी नेपालले बताउनुभयो ।

    यस्तै कोहलपुर नगरपालिकाले ८७.७५ प्रतिशत, जानकी गाउँपालिकाले ८१.२५ प्रतिशत, खजुरा गाउँपालिकाले ८० प्रतिशत, बैजनाथ गाउँपालिका ७५.२५ प्रतिशत, राप्तीसोनारी गाउँपालिकाले ७४.७५ प्रतिशत, नरैनापुर गाउँपालिकाले ७० प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकाले ६७.५ प्रतिशत अंक ल्याएका छन ।

  • ११ माघ २०८०, बिहीबार १८:४५ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित