मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कैलाश द्वारका रूपमा रहेकाे बाजुराको ऐतिहासिक पादुका त्रिवेणी धाम पर्यटक पर्खाइमा
  • उमेश राेकाय

  • बाजुरा  चैत २७ – बाजुराको ऐतिहासिक पादुका त्रिवेणी धाम पर्यटक पर्खाइमा रहेकोे छ।

    यहाँ सति युग देखि सति देवी पाउ परेको पाण्डपको मन्दिर हो। यसको ऐतिहासिक रूपमा ५ हजार १ सय ४० वर्ष पुरानो मन्दिर मानिन्छ। मानसरोवर कवितय देखि जोडिएको हुनाले कैलाश द्रार पादुका त्रिवेणी धाम विशेषगरी चिनिएको छ। जुन हाम्रो एक वटा नगरपालिका र ३ गाउँपालिका भूगोल हिसाबले बीच केन्द्र बिन्दु परेको पादुका धाम हो।

    बुढिनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिका गरि चारै वटा पालिका संग जोडिएको दिव्य सुन्दर पवित्र ठाउँ हो। यो पाडुक त्रिवेणी धाम पनि भनिन्छ। सुदुरपश्चिम प्रदेश बाजुरा जिल्लाकै एक ऐतिहासिक दिव्य देव स्थल भएको हुनाले यसलाई सबैले सहयोग गरेको छन।

    यसमा ६५ जना दान दाताहरुले महत्त्वपूर्ण सहयोग गरेका छन। शिवजीको दिव्य देवीको महादेव सतिदेखीको पाउ प्रदान भएको ठाउँ हो। जहाँ कर्णाली करिडोर आर्मीको पुरै सहयोग गरिएको सुन्दर पवित्र ठाउँ छ। यहाँ राधाकृष्ण मन्दिर र शिव मन्दिर रहेका छन। १ सय ८ वटा शिव लिङ्ग संगै नौ दुर्गा देविको मन्दिर भएको यस्तो पवित्र धाम भएको हुनाले यसलाई राज्यले पनि लगानी लगाएको छ।

    यसमा सुदुरपश्चिम प्रदेश सरकार बाट पनि दुई कोठा भवन बनाएको छ। त्यसैगरी नगरपालिका र गाउँपालिकाले सहयोग गरेका छन। हिमाली गाउँपालिकाले पाडुक त्रिवेणी धामलाई खानेपानी धारा निर्माण गरेको छ। जसले गर्दा यहाँ आउने भक्तजनहरु लाई खानेपानी पिउनलाई सहज भएको छ। बुढिनन्दा नगरपालिकाले पादुका धाम वरिपरि घेरबार लगाइदिएको छ। जसले गर्दा पादुका धाम बाहिर भाग संरक्षित भएको छ। यति राम्रो र हाम्रो पवित्र ठाउँलाई सबै भक्तजनले पनि सहयोग गरेका पादुका धामका पुजारी मष्टी प्रसाद उपाध्यायले बताउनुभयो।

    कैलाश द्रार पादुका त्रिवेणी धाम बाजुराको कुण्डा क्षेत्रमा रहेकोे एक ऐतिहासिक स्थल पादुका धाम रहेकोे छ। यस धाम स्थिति पुजापाट गर्दै बसेको ११ वर्ष भएको पुजारी मष्टी प्रसाद उपाध्यायले बताएका छन। यहाँ अति सुन्दर पवित्र धाममा आन्तरिक पर्यटकहरू आउने गरेपनि बाहिरी पर्यटक आउने क्रम धेरै कमि भएको देखिन्छ। यसलाई प्रचारप्रसार गरेर बाहिर त्यति नआएको हुनाले बाहिर बाट भक्तजन आउने नगरेका पुजारीले बताए।

    यहाँ विशेषगरी शिवरात्री मेलामा यहाँका नजिकैका चारवटा पालिका केही मान्छेहरू आएर पुजा गर्ने गर्दछन। कोही मान्छेहरू विवाह र वर्तबन्ध समेत गर्ने आउने गरेको छन। यस पवित्र धामलाई अझै प्रचारप्रसार गरेर बाहिर ल्याउन सबै स्थानीय सरकार प्रदेश संघ सरकारको आवश्यक रहेकोे छ। यहीँ स्थानीयहरुको उत्तिकै भुमिका रहेकोे छ। जहाँ पवित्र धाम संगै सुन्दर ठाउँ अहिलेसम्म पनि प्रचारप्रसार कमि पर्यटकको पर्खालमा बाजुराको ऐतिहासिक पादुका त्रिवेणी धाम हो।

  • २७ चैत्र २०८०, मंगलवार १२:४० प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित