मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले कृषि एम्बुलेन्स संचालन
  • उमेश राेकाय

  • उमेश राेकाय

    बाजुरा बैशाख १९ । जिल्लाको हिमाली गाउँपालिका आफ्नै कृषि एम्बुलेन्स पुजा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल गर्नु भएको छ।

    हिमाली गाउँपालिका आफ्नै कृषि एम्बुलेन्स खरिद गरि श्रमिक दिवसको अवसरमा पालिका एम्बुलेन्स गाडी पुजापाट गरेका छन। आज बिहान एक अनौपचारिक कार्यक्रम बिच एम्बुलेन्स गाडीको पुजारी बिधि अनुसार कर्म पूरा गरेर पुजापाट गरिएको गाउँपालिकाले जनाएको छ। बाजुरा जिल्ला भौगोलिक हिसाबले पछाडी परेको ठाउँमा उत्पदन गरेको स्थानीय रैथाने बाली र फलफूल बजारीकरण सहज गर्नेका लागि कृषि एम्बुलेन्स पालिकाले खरिद गरेको हो।

    पछिल्लो समयमा कृषि क्षेत्रमा स्याउ, ओखर, सुन्तला फलाउने गरेको बस्तुलाई बजार सम्म पुर्‍याउनका लागि हाम्रो प्रमुख उद्देश रहेको हो। जसले गर्दा कृषि एम्बुलेन्सले पालिकाका सबै कृषक फाइदा लिन सक्ने भएको छ। कृषकले स्थानीय बाली धान, गहुँ, मकै, कोदो, सिमी लगायत स्थानीय अन्नबाली लाई ओसारपसार गर्न सहज हुने भएको पालिका अध्यक्ष मल्लले बताएका छन।

    हामीले कृषि क्षेत्रमा वृक्षरोपण कार्यक्रम अन्तर्गत विशेषगरी स्याउ, ओखर, सुन्तला र कागती लगाएर फल्न सुरु गरेको छ। जुन कृषि क्षेत्रमा कृषक लगाएको जस्तोसुकै फलफूल तथा तरकारी ढुवानीमा कृषि एम्बुलेन्स मार्फत सहज हुने भएको छ। यसले गर्दा किसानलाई ढुवानी गर्ने कुरालाई राहत प्रदान हुने भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन।

    गाउँमा फलाएका स्थानीय रैथाने बाली र फलफूल बजारीकरण गर्ने पालिकामा कोल्ड स्टोर निर्माण कार्य सम्पन्न गरिएको छ। त्यति मात्र नभई प्रत्येक वडामा फलफूल संकलन केन्द्र र रष्टिक केन्द्र निर्माण सुरु गर्न लागिएको छ। अब कृषि जेजस्तो फलाउने सकियो भने आम्दानी स्रोत भित्र्याउन सकिने भएको छ। विशेषगरी कृषकले उत्पदन गरेको बस्तुलाई बजारीकरण सहज गर्न कृषि एम्बुलेन्स खरिद सञ्चालन ल्याएको अधिकृत भण्डारीले बताएका छन।

    कृषि एम्बुलेन्स नयाँ खरिद गरेर गाउँपालिकामा एक अनौपचारिक कार्यक्रम गरेका छन। पुजारी संगै गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बिधि सहित पुर्‍याएर आज बिहान पुजा गरेका छन। उक्त पुजा निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, कृषि एम्बुलेन्स चालक सहित जनप्रतिनिधि र गाउँपालिका कर्मचारीको सहभागिता एम्बुलेन्स पुजापाट गरिएको हिमाली गाउँपालिकाले जनाएको छ। अबका दिनमा कृषकले कृषि क्षेत्रमा जुन ठाउँमा लगानी गरेपनि बजारीकरण समस्या नहुने गरि कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ। गाउँमा जतिसुकै बस्तु उत्पदन गरेपनि गाउँपालिकाले खरिद ढुवानी गर्ने काम पालिका लागिपर्ने गाउँपालिकाले जनाएको छ।

  • १९ बैशाख २०८१, बुधबार १२:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित