मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम
  • उमेश राेकाय

  • उमेश राेकाय

    बाजुरा बैशाख १९  । बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम गरेका छन।

    हिमाली गाउँपालिका वडा नम्बर ४ को फैती गाउँमा रहेकोे शैलेश्वरी माध्यमिक बिधालयमा बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम गरेको छ। शैक्षिकसत्र सुरु भएको वर्षमा बिधालय शैक्षिक सुधार पालिकाको पहिलो नमूना बनाउनका तरिकाले यो कार्यक्रम गरिएको छ। अब आउने सालमा दिइने एस.ई.ई. परिक्षा विशेषगरी चिट चोराउने प्रवृत्ति छ। त्यसलाई अन्त्य गर्नका लागी अभियान हाम्रो बिधालय सुरु गरिएको बिधालय प्रधानाध्यापक गोपाल पाण्डेले बताएका छन।

    यसलाई नयाँ ढंग बाट अगाडि बढाइ चिट चोराउने र परिक्षा केन्द्र बिधालय गएर शिक्षकले चिटिङ गर्ने रोग हटाउन जुन अभियानका लागि कार्यक्रम गरिएको छ। बिधालय शैक्षिक सुधार गर्नका निम्ति हिमाली गाउँपालिकाले भवन, खेलकुद मैदान, स्वयंसेवक शिक्षक नियुक्ति गरेको छ। विद्यार्थीहरु लाई धुवाँ मुक्त बनाउन पालिकाले डेस्क बेन्च र कार्पेट व्यवस्था गरेको छ।

    बिधालय सुधार ल्याउन त्रैमासिक रूपमा विद्यार्थी, शिक्षक र अभिभावक बिच अन्तरक्रिया गर्ने। आगन्तुक पुस्तिकाको व्यवस्थापन गर्ने। विद्यार्थीहरुको त्रैमासिक रूपमा परिक्षा सञ्चालन गर्ने, परिक्षा मर्यादित गर्ने, परिक्षा केन्द्रमा बिधालय बाट शिक्षक नपठाउने, विद्युतीय हाजिरीको व्यवस्था गर्ने यसका लागि सम्बन्धि निकायमा अनुरोध गर्ने, शिक्षक, विद्यार्थीहरुको बिधालयको पोशक अनिवार्य गर्ने, कमजोर विद्यार्थीहरुको कमजोरी पत्ता लगाइ सुधार उपाय अपनाउने कार्य सञ्चालित गर्ने प्रशासन सुधारका लागि सबै पक्ष कृयासिल रहने जस्ता कार्यक्रम आगामी शैक्षिकसत्र लागु गरिने प्रतिबद्धता सहित निर्णय गरिएको बिधालय परिवारले जनाएको छ।

    बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम संगै हिमाली गाउँपालिका आर्थिक सहयोग र आइ.डि.एस. नेपाल सिमेन्ट, सरिया, धारा चाइने सामाग्री सहयोगमा धारा निर्माणकार्यमा सम्पन्न गरिएको छ। उक्त बाल मैत्रीपूर्ण धारा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बाल मैत्रीपूर्ण धारा रिवन काटेर उद्घाटन गरेका छन। त्यस्तै बन्दै गरेको खेलमैदान पनि अनुगमन गरेका छन। बिधालय भवन, कक्षा कोठा र सौचालय अवस्था बारेमा कस्तो खालको अवस्था रहेकोे छ। यी भौतिक पुर्वाधार बिकास बिधालय गतिविधि बारेमा अनुगमन समेत गरेको बिधालय व्यवस्थापन समिति अध्यक्ष बिष्णुलाल पाण्डेले बताएका छन।

    बिधालय व्यापक रूपमा सुधार गर्नका लागि विद्यार्थी, शिक्षक र अभिभावकले आफ्नो जिम्मेवारी कर्तव्य भुमिका यी सबै कुरा पालना गरियो भने शिक्षा क्षेत्रमा सुधार आउने भएको छ। स्कुलमा पठनपाठन अभिभावक बिधालय विद्यार्थी नियमित पठाउने काम र स्कुलमा शिक्षकले पढाउने काम जिम्मेवारी पुर्व समाल्न सकिने खालको बाताबरण भयो भने बिधालय गुणस्तरीय पढाईमा केही प्रभावकारी हुने भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

    शिक्षालाई परिवर्तन गराउन सबै काम बिधालय प्रशासनले सकारात्मक रूपमा चलाउने हो सबै कुरा सम्भव रहेकोे छ। बिधालय व्यवस्थापन समिति पदाधिकारीहरुले पनि बिधालय गर्नुपर्ने काम बैंकक देखि लिएर रेखदेख गर्ने कार्य तिव्रता अगाडि बढाउने खालका निति कार्यक्रम गरियो भने झन बिधालय धेरै सुधार हुने भएको छ। बिधालय विद्यार्थीहरुले स्कुल खुलेको १० बजे भित्र हातमा किताब कापी र ड्रेस अनिवार्य ल्याएन स्कुल गेट बाट फिर्ता समेत लगाइदिने अध्यक्ष मल्लले जनाए। जसका कारणले केही नयाँ शैक्षिकसत्र देखि सुरु भयो त्यसका बिधालय स्कुल लागेको समय होस या बिदाको समयमा घरमा गृहकार्य अनिवार्य दिदा त्यसमा थप विद्यार्थीहरुको पढाई अब्बल भन्न सक्ने छन। आफू निर्वाचन भएको दोस्रो वर्ष बिधालय गुणस्तर गर्नु पर्छ अभियान लागेको हु। शिक्षा क्षेत्रमा अरु भन्दा बढी लगानी गरेपनि अहिले प्रतिफल केही देखेको छैन। यसलाई यो वर्ष बाट बिधालय शिक्षक पढाउने काम गर्ने विद्यार्थी पढाई गर्ने काम त्यो आफै शिक्षक तथा विद्यार्थी जिम्मेवारी लिनुपर्छ। अब आउने परिक्षा चिट चोर्ने र चोराउने जोसुकैलाई राखिने छैन। बिधालय गुणस्तर पठनपाठनका लागि आफू सधै लागिपरेको अध्यक्ष मल्लले बताएका छन।

    उक्त कार्यक्रम सभा अध्यक्ष बिधालय व्यवस्थापन समिति अध्यक्ष बिष्णुलाल पाण्डे प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल लगायत वडाका वडा अध्यक्ष अभिभावक, विद्यार्थी, शिक्षक जनप्रतिनिधि पाटी प्रतिनिधि लगायत सहभागिता कार्यक्रम समापन गरिएको बिधालय व्यवस्थापन समिति अध्यक्ष बिष्णुलाल पाण्डेले बताएका छन। सोही कार्यक्रम बिधालय प्रधानाध्यापक गोपानन्द पाण्डेले गर्नु भएको बिधालय परिवारले जनाएको छ।

  • १९ बैशाख २०८१, बुधबार २०:०५ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित