काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ सब–भेरियन्ट केपी.१ देखि केपी.४ सम्म पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले गरेको नियमित जिन सिक्वेन्सिङका क्रममा ती सब–भेरियन्ट पुष्टि भएका हुन् ।
यही मे १५ सम्म संकलित ४२ नमुना परीक्षणमा १२ वटामा केपी.१, १७ मा केपी.२ र एक/एकवटामा केपी.३ र केपी.४ पुष्टि भएको एनपीएचएलले जनाएको छ ।
यीबाहेक अरू नमुनमा जेनएन.१ र बीए.२ भेटिएको थियो । यी सबै ओमिक्रोन समूहका सब–भेरियन्ट भएको एनपीएचएलका प्रवक्ता कृष्णप्रसाद जैसीले जानकारी दिए ।
“अहिले कोभिड केस बढेको छैन, केपी सब–भेरियन्ट नयाँ र घातक पनि होइन, नेपालमा पहिलोपटक पुष्टि भएको मात्रै हो । आत्तिनु पर्दैन
अस्ट्रेलिया, सिंगापुर, भारतलगायत मुलुकहरूमा केपी.१ देखि केपी.१.१ सम्मका सब–भेरियन्टले कोरोना संक्रमण गराएको रिपोर्टमा उल्लेख छ । ओमिक्रोनका यी नयाँ म्युटेसनलाई विश्व स्वास्थ्य संगठनले एफएलआईआरटी समूहमा वर्गीकरण गरेको छ ।