मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बबिना भट्टराईको स्वर र संगीत तथा लक्ष्मी प्रसाद मिश्रको शब्दमा नेपालको पहिलो चारु सार्वजनिक ( भिडियो सहित)
  • मार्गरेखा संवाददाता

  • संगीत गर्न तथा गाउन पाएको भए अझ राम्रो हुन्थ्यो कि ? भन्ने भाव उनको मनमा रहिरहेको छ ।
    कवि तथा गीतकार उत्तम विचार लक्ष्मी प्रसाद मिश्रको ‘चारु’ नेपालको संगीत इतिहासमा नै प्रथम ‘चारु’ भएकोमा खुसी व्यक्त गर्दै बबिना भट्टराईको स्वर र संगीतले ‘चारु’ लाई मीठास र कर्ण प्रिय बनाएको र भिडियो पनि उस्तै राम्रो आउनेमा विश्वस्त रहेको बताउँछन् । नेपाली संगीतको क्षेत्रमा चर्चा बटुल्दै गरेकी बबिनाको एक पछि अर्को सफल गीत, भजन तथा ‘चारु’ ले उनको सांगितिक भविष्य सुनौलो रहेको बताउदै उनी थप्छन् ‘मिश्रको चारुलाई बबिनाको स्वर र संगीतले न्याय गरेको छ, हतारमा तयार गरिएको भए पनि ‘चारु’ सुनिरहदा हतारको भाव कतै भेटिदैन, श्रोताहरुलाई सुनिरहुको भावमा अड्याउन ‘चारु’ सफल छ ।’
    लक्ष्मी प्रसाद मिश्रको ‘चारु’ मा एरेन्ज बलराम समालले गरेका छन् भने  मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्डिङ गरेका उक्त चारुको भिडियोमा बबिना आफै फिचर्ड छिन् । जस्केलो क्रियशनद्धारा स्टुडियो भर्सनमा तयार गरिएको उक्त भिडियोमा विभिन्न बाद्यवादनमा रुपेश शाक्य, नरेश श्रेष्ठ, नोभा ठकुरी, संकल्प बर्माको भूमिका रहेको छ भने श्रृङ्गारमा यमुना पाण्डेको साथ रहेको छ ।
    ‘चारु’
    तिम्ले छोडी जादा नि रङ्गमञ्चमा खट्न सक्छु
    परेलीको पानी पिई, सारा जीवन काट्न सक्छु ।

    जिन्दगीको  साथी भन्नु, पीडा  अनि  आँसु  रै छ,
    पिरतीको सुर्के डोरी एक्लै पनि बाट्न सक्छु ।

    आकाश झैं टाढा भयौ अव भेट्ने आशा छैन
    तिम्रो याद संगालेर बादल सरि फाट्न सक्छु ।

    विरह र बेदनामा जति जल्नु जले पनि
    तिमीलाई कल्पि कल्पि एक्लै ज्युन आट्न सक्छु ।

    तिम्रो माया मेरो लागि गोधुलीको घाम रै छ
    छैन माया तिम्लाई भनि न त मैले  ढाट्न सक्छु….

  • १७ जेष्ठ २०८१, बिहीबार १३:२७ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित