देउवाले कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिने उद्धेश्यले आफ्नो अध्यक्षतामा गठित सभा छनोटको समन्वय गर्न शिवाकोटी, गुरुङ र नेपालीलाई थपेका हुन् ।
उक्त विशेष जिम्मेवारीसहितको पत्र केन्द्रीय सदस्यहरुलाई महामन्त्री विश्वप्रकाश शर्माले दिएका छन् । योसँगै जिम्मेवार सदस्यहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा दुःख कष्ट सहेर अन्त्यन्त कठिन र प्रतिकुल समयमासमेत राष्ट्रियता, लोकतन्त्र र समाजवादका पक्षमा अविच्छिन्न रुपमा संलग्न राजनीतिकर्मीहरुको नामावली संकलन गरी त्यसलाई अन्तिम रुप दिने काम गर्नेछन् ।
यसअघि नै कांग्रेस मुख्यालयले हरेक प्रदेश र जिल्लाहरुमा त्यस्ता व्यक्तिहरुको नाम पठाउन निर्देशन दिइसकेको छ ।
थपिएका केन्द्रीय सदस्यहरुले जिल्ला जिल्लामा आवश्यक समन्वय गरी चाँडो भन्दा चाँडो सभा गठनका लागि नामावली संकलनमा सहजीकरण गर्नेछन् ।
पत्र प्राप्त गरेपछि केन्द्रीय सदस्य शिवाकोटीले पार्टीको विभिन्न भूमिकामा रहेर काम गरेको, अहिले सक्रिय सदस्य रहेर काम गरेको, कम्तीमा ६५ वर्ष उमेर पुगेको, २०३५ सालमा सक्रिय सदस्य भएर काम गरेको हुनुपर्ने गरी मापदण्ड तयार गरी नाम संकलन गरिने बताए ।
यसले कांग्रेसमा योगदान दिनेहरुको खोजी र सम्मान हुने विश्वास गरिएको छ ।
फागुन पहिलो सातासम्म उक्त नावावली संकलन गरी अन्तिम रुप दिएर फागुन दोस्रो साता बस्ने तयारी भइरहेको केन्द्रीय समिति बैठकमा पेश गरिने जनाइएको छ ।