मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलकाे कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा दाबी
  • मार्गरेखा संवाददाता

  • दाङ, मंसिर ८। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल नेपाली कांग्रेसको सकृय राजनीतिमा होमिएका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका पोख्रेल कांग्रेस लुम्बिनी प्रदेशको पदाधिकारी बन्ने दौडमा लागेका छन् । उनी कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा आकांक्षी देखिएका छन् । आफूलाई कांग्रेसको प्रदेश महामन्त्रीको रुपमा उद्घोष गरेका विपुलले प्रदेश तहमा भेटघाट तथा समन्वय गरिरहेका छन् ।
    उनले केहिदिन अघि मात्रै लुम्बिनी कांग्रेसका केहि पदाधिकारी सम्मिलित भेलामा आफ्नो उम्मेदवारी समेत घोषणा गरे । कांग्रेसका उपसभापति भुवन श्रेष्ठ, महामन्त्री सुरेन्द्र आचार्य, कोषाध्यक्ष प्रकाश राना सहित दाङको घोराहीमा भएको कांग्रेस नेता तथा कार्यकर्ताहरुको भेलामा विपुलले आफ्नो उम्मेदवारी महामन्त्री पदमा रहने घोषणा गर्दै सहयोगका लागि अपिल गरे । ‘नेपाली कांग्रेसको प्रदेश संरचनालाई बलियो बनाउन र पार्टीमा प्रदेश संरचनाको महत्व कायम गर्ने बिषयलाई मध्यनजर गर्दै म आफूलाई प्रदेश महामन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छु,’ पोख्रेलले भने ।
    पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत प्रदेश र जिल्ला अधिवेशन हुन बाँकी छन् । यि दुई तहका अधिवेशनहरु बाँकी रहँदा कांग्रेसीहरुलाई फेरी आन्तरिक चुनावी माहोलले तताउन थालेको छ । केहिदिन अघि दाङ आइपुगेका उपसभापति भुवन श्रेष्ठ र महामन्त्री सुरेन्द्र आचार्य प्रदेश सभापति पदका आकांक्षी हुन् । उनिहरु दुबैले सभापति पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै जिल्ला दौडाहलाई ब्यापक बनाएका छन् । यसैगरि अर्का उपसभापति राजु खनालले पनि आफू प्रदेश सभापति पदको उम्मेदवार रहने घोषणा गरेका छन् । उनले पनि जिल्ला दौडाहलाई ब्यापक बनाएका छन् । महामन्त्रीमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष पोख्रेल संगै कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश राना आकांक्षी देखिएका छन् ।
    यसैविच कांग्रेस प्रदेश नेतृत्वका लागि आकांक्षीहरुले दौडधुप गरिरहँदा प्रदेश सभापति अमर सिंह पुन भने प्रदेश कार्यसमितिलाई सर्वसम्मत बनाउने प्रयासमा आफू रहेको बताएका छन् । उम्मेदवारका आकांक्षीहरुले भेटघाट, छलफललाई निरन्तरता दिइरहेको भएपनि आफू भने प्रदेश नेतृत्वलाई सर्वसम्मत बनाउने अभियानमा लागिरहेको बताए । ‘अहिले आकांक्षीहरुले अकांक्षा व्यक्त गर्नु सामान्य विषय हो,’ सभापति पुनले भने ‘तर मेरो अधिकतम प्रयास प्रदेश कार्यसमितिलाई सर्वसम्मत बनाउनु रहने छ, म अहिले यहि प्रयासका साथ लागिरहेको छु ।’

  • ८ मंसिर २०८३, मंगलवार १०:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित