नेपालगन्ज फागुन १३ । जिल्ला प्रहरी बाँकेले लागू ओैषध ठुलाे परिमाण सहित ३ जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिगएकाे प्रहरीले नेपालगन्ज उपमहानगरपालिका बसपार्क सडक खण्डमा चेकजाँच गर्ने क्रममा जिल्ला कालिकोट खाडाचक्र न.पा. १० बस्ने बर्ष ३५ को विक्रम शाहीले चलाएको सु.प.प्र. ०१-०११ प १८५५ नं. को स्कुटरको पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष ३५ को भक्त बहादुर शाहीलाई शंका लागी चेकजाँच गर्दा भक्त बहादुर शाहीले पिठ्यु पछाडी भिरेको कालो झोला भित्र लागू औषध चरेस जस्तो देखिने तिन वटा पोकामा रहेको शुद्द तौल गर्दा ४ किलाे २२० ग्राम बरामद गरी स्कुटर सहित दुबै जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी प्रहरी निरीक्षक याम बहादुर मल्लले जनाएका छन । यसै गरि साेमबार नेपालगन्ज उपमहानगरपालिका वार्ड न १५ जमुनाह पुरानो ईटाभट्ट स्थित लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरको बिशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय बाँके र इ.प्र.का. जमुनाहबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको भारत जिल्ला बहराईच काजिपुरुवा बस्ने बर्ष २१ को अल्बक्स खाँलाई संका लागी चेकजाच गर्दा निजको साथ बाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ७२२ ग्राम ६३ मिलिग्राम सहित निज अल्बक्स खाँलाई पक्राउ गरि अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।