मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ट्याङ्कर दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते
  • मार्गरेखा संवाददाता

  • धादिङ, फागुन १४ गते । धादिङको गुप्तेस्वरमा गए राति भएको सवारी  दुर्घटनामा  २ जनाको मृत्यु भएको छ अन्य २ जना घाइते भएका छन् । 

    धादिङको प्रसिद्ध  गुप्तेस्वर महादेवको गुफा नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को भिरबाट  बा ०१– ००४ क ३३५२ नम्बरको पानी बोकेको ट्याङ्कर  खसेको हो ।  राति करिब ११ तीस बजे दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटना भएको खबर पाए सङ्गै सदरमुकाम धादिङबेसी बाट गएका सोसल भोलेन्टियरको टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला सदरमुकाम धादिङबेसी स्थित धादिङ अस्पतालमा पठाएको बताएका छन् । ट्याङ्कर अप्ठ्यारो भिरमा खसेको र भिरमा अड्किएको शव निकाली पोष्टमाटमको लागि गजुरी पठाउने तयारी गरेको उद्धारकर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

    मृतकहरूको सनाखत हुन बाकी रहेको छ ।   दुर्घटनाका विषयमा थप अनुसन्धान भई रहेको धादिङ प्रहरीले जनाएको छ । सवारी चालक भने सकुशल छन् । फर्काउन पछाडि हटाउने क्रममा दुर्घटना भएको र आफू हामफालेर बाचेको बताएका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ । दुर्घटनाका  घाइतेहरूको अवस्था मध्यम रहेको छ ।

  • १४ फाल्गुन २०८१, बुधबार ०९:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित