मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

४४औं राष्ट्रिय मगर एकता दिवसः समृद्धिको लागि सहकार्य गर्न मगरवासीलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिह पुनको अपिल
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, फागुन १५ । नेपाली कांग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुनले राष्ट्रिय मगर एकता दिवसको अवसरमा सम्पूर्ण मगरवासीलाई देशको समृद्धिको लागि सहकार्य गरेर अगाडि बढ्न अपिल गरेका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहेका पुनले ४४औं राष्ट्रिय मगर एकता दिवसको शुभकामना दिँदै दिवसले राष्ट्रिय भावनालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । पुनले दिवसको अवसरमा सम्पूर्णलाई शुभकामना दिँदै बहुभाषिक, बहुजातीय र बहुधार्मिक एकतालाई देशको समृद्धितर्फ लग्ने शक्तिको रुपमा प्रयोग गर्नुपर्ने बताए ।

    ४४औं राष्ट्रिय मगर एकता दिवसमा शुक्रबार बैजनाथमा भएको कार्यक्रममा बोल्दै पुनले आगामी दिनमा देश उन्नतिको लागि सबैले सहकार्य र एकता कायम गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे । उनले भने, ‘हामी यो एकता दिवसले जसरी आज एउटै मंचमा उभिएका छौं । देश विकास र प्रगतिको लागि यसैगरी एकतावद्ध भएर सहकार्य गर्नुपर्छ । सबै क्षेत्र र वर्गको उन्नति हुने नेपालको निर्माण गर्नुछ । नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिको जर्गेना गर्ने दायित्व हाम्रो हो । समय अनुसार हामी अगाडि बढ्नुपर्छ । सबैभन्दा माथि देश छ भन्ने भावना बोकेर हिँड्नुपर्छ ।’

    पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व पार्टी सभापति स्वर्गीय सुशील कोइरालाको कार्यकालमा आफूले प्रथम सहिद घोषणा गर्ने कार्यमा समन्वयकारी भूमिका निर्वाह गरेको बताउँदै पुनले सहिदको बलिदानीलाई सबैले सम्मान गर्नुपर्ने बताए । उनले भने,‘नेपालको मगर समुदायको पहिचान र अस्तित्वको लागि म सधैं सकारात्मक छु । म प्रथम सहिदप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । मगर जातीलाई मात्र होइन मगर दिवसको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना दिन चाहन्छु । ‘पट्टकोके मगर दिवसौ मिनिनिङ आर्मीट्मे, झोर्ले, जेदौ, मिनिङ्गमेपाउ ।’

  • १५ फाल्गुन २०८२, शुक्रबार १८:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित