नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्नो दलबाट रहेका मुख्यमन्त्री, प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्ने भएको छ ।
६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई कांग्रेसले डाकेको छ।
बैठकमा कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने शीर्ष तहका एक नेताले जानकारी दिए ।









