मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दोश्रो लुम्बिनी राष्ट्रिय खुला १० कि.मि. रोड रेस’ हुदै
  • मार्गरेखा संवाददाता

  • दाङ बैशाख ११  । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा बैशाख १२ गते शनिबार घोराहीमा हुने ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० कि.मि. रोड रेस प्रतियोगिता-२०८३’को सम्पूर्ण तयारी पुरा भएको छ । यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रतियोगिताकाे पूर्णसफलताकाे शुभकामना व्यक्त गरेका छन ।
    परिषद्का सदस्य सचिव तिरणदाज गौतमका अनुसार प्रतियोगिता बिहान साढे ६ बजेबाट सुरु हुनेछ । प्रदेश खेलकुद परिषद्को स्वीकृत वार्षिक कार्यक्रमअनुसार खेलकुदको विकास, विस्तार र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

    यस वर्ष प्रतियोगिताको पुरस्कार राशीमा उल्लेख्य वृद्धि गरिएको परिषद्ले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ८० हजार रुपैयाँ, द्वितीयले ४५ हजार र तृतीयले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी चौथोले १५ हजार, पाँचौंले १० हजार र छैटौंदेखि दशौं स्थानसम्मका खेलाडीले जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

    गत वर्ष २०८२ असार १४ गते सम्पन्न पहिलो संस्करणमा पुरुषतर्फ नेपाल आर्मीका सञ्जय श्रेष्ठले ३१ मिनेट ३०.४८ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरेका थिए । महिलातर्फ नेपाल आर्मीकै निशा सार्की प्रथम भएकी थिइन् ।

    गत वर्ष पुरुषतर्फ नरेन्द्र रावत दोस्रो, नागेश्वर अहिर तेस्रो, विनोद रोकाया चौथो र रुपेश कार्की पाँचौं भएका थिए । महिलातर्फ पुष्पा भण्डारी दोस्रो, दिया परियार तेस्रो, सुमित्रा कुमारी चौधरी चौथो र पुष्पा कठायक पाँचौं स्थानमा रहेकी थिइन् ।

  • ११ बैशाख २०८३, शुक्रबार १२:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित