काठमाडौँ, १३ वैशाखः छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाल समूह ‘बी’ मा अपराजित रहँदै सेमिफाइनल खेल्न लागेको हो । नेपालले पहिलो हाफमा १९–१७ ले अग्रता बनाएको थियो । दोस्रो हाफमा सोही अग्रतालाई कायम राख्दै नेपालले जित दर्ता गरेको हो । नेपालले समूह चरणको पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दै ४८–३२ को जित दर्ता गरेको थियो । समूह चरणको दोस्रो खेलमा नेपालले थाइल्याण्डलाई पराजित गरेको थियो । नेपालले थाइल्यान्डलाई ४९–३३ ले पराजित गरेको हो । नेपालले अब सेमिफाइनलमा श्रीलङ्कासँग खेल्नेछ ।









