मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
  • मार्गरेखा संवाददाता

  •  काठमाडौ बैशाख २१ ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले  अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार  घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको ।

     हेटौंडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको उनको घरमा छापा मारेर कागजपत्र लिएर गएको छ  ।

    काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको हो ।

    विभाग सम्बद्ध स्रोतका अनुसार, उनको सम्पत्ति र कारोबारमा केही अस्वभाविक गतिविधिहरू भेटिएपछि अनुसन्धान अघि बढेको थियो । उनको घरबाट केही कागजातहरू र प्रमाण संकलन गरी सर्जिमिनसहित मुचुल्का समेत गरिएको स्रोतले बतायो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायी कम्पनीमा आबद्ध थिए ।

  • २१ बैशाख २०८३, सोमबार १४:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित