नेपालगन्ज बैशाख २२ । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रतियोगिता हुने भएको छ । शिखा एकेडेमी कोहलपुर र नेपालगन्ज स्वीमिङ क्लबले संयुक्त रुपमा दोस्रो शिखा अन्तरविद्यालय स्वीमिङ च्याम्पियनसीप २०८३ आयोजना गर्न लागेका हुन् ।
मंगलबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा देशभरका १८ विद्यालयका एक सय बढी खेलाडीले भाग लिने निश्चित भइसकेको खेल संयोजक सूर्यमणि अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा ८, १०, १२, १४, १७ र सो भन्दा माथि उमेर समूहका छात्र र छात्राबीच पौडीका २४ वटा इभेन्टमा प्रतिष्पर्धा हुने प्रतियोगिताका प्राविधिक चन्द्रराम चौधरीले बताउनु भयो । ८ र १० वर्ष मुनिका खेलाडीले २५ मिटर र सो भन्दा माथिका उमेर समूहले ५० मिटर र १०० मिटरमा प्रतिष्पर्धा गर्नेछन् । खेलाडीले फ्रि स्टाइल, ब्याक स्टोक, बेस्ट स्टोक र बटर फ्लाइ गरी चार वटा स्टोकमा सहभागिता जनाउन सक्नेछन् ।
शिखा एकेडेमीका प्रधानाध्यापक ई.राजीव सुवेदी, कार्यक्रम संयोजक सूर्यमणि अधिकारी र नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा काठमाडौं, ललितपुर, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लाका विद्यालयको सहभागिता सुनिश्चित भइसकेको उल्लेख छ ।
कार्यक्रम संयोजक सूर्यमणि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्याक ई.राजीव सुवेदीले स्वागत गर्नु भएको थियो भने पौडी प्रशिक्षक चन्द्रराम चौधरीले प्राविधिक पक्षबारे जानकारी गराउनु भएको थियो ।
शिखा एकेडेमी कोहलपुरले गत वर्ष नेपालगन्ज स्वीमिङ क्लबको समन्वयमा प्रथम शिखा अन्तरविद्यालय पौडी प्रतियोगिता आयोजना गरेको थियो । यो विद्यालयले ४ वर्षदेखि १२.५/२५ मिटरको पौडी पोखरी निर्र्माण गरेर नियमित रुपमा विद्यार्थीलाई पौडी सिकाइरहेको छ । शिखा एकेडेमी गत वर्ष सम्पन्न बाँके जिल्ला स्तरीय र लुम्बिनी प्रदेश स्तरीय पौडी प्रतियोगितामा प्रथम र राष्ट्रिय पौडी प्रतियोगितामा तेस्रो भएको थियो ।
फोटो क्याप्सन
बाँकेमा आयोजना हुन लागेको दोस्रो शिखा अन्तरविद्यालय स्वीमिङ च्याम्पियनसीपबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।