मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसको ‘जरा अभियान’ प्रभावकारी बनाउन निर्देशन, समयमै काम नगरे कारबाही हुने चेतावनी
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज बैशाख २२ ।  नेपाली कांग्रेस ले सञ्चालन गरेको ‘जरा अभियान’ सफल बनाउन केन्द्रीय समितिले मातहतका सबै तहलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिएको छ।
    बाँके जिल्लामा केन्द्रीय प्रतिनिधि रूपमा रहेका मोतीलाल भण्डारी र केशवराज शर्मा आचार्य द्वारा आज जारी गरेकाे सूचना अनुसार बाँके जिल्लाका ३ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अभियानलाई तीव्रता दिइएको उल्लेख गरिएको छ।
    सूचनामा पार्टी सुदृढीकरणका लागि प्रविधिमैत्री प्रणाली लागू गर्ने, १५औँ महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउने तथा क्रियाशील सदस्यता अद्यावधिक र वितरण कार्य समयसीमाभित्र सम्पन्न गर्न सबै नेता–कार्यकर्तालाई आग्रह गरिएको छ।
    त्यस्तै, तोकिएको समयभित्र जिम्मेवारी पूरा नगर्ने र अभियानलाई कमजोर बनाउने गतिविधिमा संलग्न हुने व्यक्तिहरूलाई जिल्ला कार्यसमितिको सिफारिसमा विकल्प खोजिने चेतावनी समेत दिइएको छ। वडा, पालिका तथा क्षेत्रीय तहका सभापतिहरूलाई केन्द्रीय निर्देशन कार्यान्वयन गर्न विशेष आग्रह गरिएको छ।
    पार्टीले अभियान सफल पार्न आवश्यक परे जिम्मेवारी पुनः निर्धारण गर्ने संकेत पनि दिएको छ।

  • २२ बैशाख २०८३, मंगलवार २३:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित