मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एनआरएनए नेपालप्रति बफादार बन्नुपर्ने उपाध्यक्ष बज्राचार्य
  • मार्गरेखा संवाददाता

  • काठमाडौं बैशाख २४ । सरकारले एनआरएनएको अधिकार खोस्ने विधेयक मस्यौदा तयार पारेको गैरआवासीय नेपाली संघका उपाध्यक्ष रविन ब्रजाचार्यले बताएका छन् । एनआरएनएसँग बार्गिनिङ गर्नका लागि सरकारले यस्तो मस्यौदा तयार पारेको उनको भनाइ छ । उनले भने, ‘बार्गिनिङ गरेर मात्रै एनआरएनएको माग पूरा गर्ने सरकारको तयारी देखियो ।’

    राजनीतिक अधिकारबाहेक अन्य नेपाली सरह एनआरएनएले अधिकार प्राप्त गर्न सक्ने छन् भन्ने कुरा ऐनमा उल्लेख गर्न उनले माग गरेका छन् । राजनीतिक अधिकारका बारेमा ऐनमै व्याख्या भइदियो भने अन्य कुरामा स्पष्ट भएर जाने उनको भनाइ थियो ।

    यसभन्दा अघिका सरकारले पनि एनआरएनएलाई आश्वासन मात्र दिएका थिए, एनआरएनएका तत्कालीन पदाधिकारीहरुले आफ्ना माग बलियोसँग राख्न नसकेकै कारण ऐन बन्न नसकेको हो । उनले भने, यो नयाँ सरकारले सुरुकै दिनबाट एनआरएनएबारे चासो राख्दै ऐनको मस्यौदा ल्याएको छ, यही अधिवेशनमा यो विधेयक प्रस्तुत हुनसक्छ । सम्पत्ति कर ५० प्रतिशत राख्न खोज्नुभनेको आतंककारी व्यवहार हो । ५० प्रतिशत सम्पत्ति संसारको कुनै देशमा लागू भएको छैन । भन्ने बेलामा नेपालीसरह भन्ने अनि करचाहिँ ५० प्रतिशत लगाउने कुरा सुन्दै अमिल्दो छ ।’

    ‘एनआरएनए पनि नेपालप्रति बफादार हुनुपर्छ । नेपालकै शिक्षा, स्वास्थ्यलगायतका सुविधा लिने काम गर्न विदेश जाने, विदेशमा कमाएको सम्पत्तिको कर तिर्नुनपर्ने । आमा बाबुको सम्पत्ति खाएर हुर्किने, आमा बुवाप्रति कुनै दायित्व निर्वाह नगर्ने काम नेपालमा मात्रै भइरहेको छ’ उनले भने, ‘मैले प्रस्तुत गरेको अनुरोधपत्रमा भनेको छु, एक पटकको नेपाली संधैंको नेपाली, बंशजको नागरिकको निरन्तरता हुनुपर्छ । संविधान संशोधन नहुँञ्जेल राजनीतिकबाहेक अन्य अधिकार नेपाली सरह हुनुपर्छ ।’

    ‘एनआरएनको प्रमाणपत्र लिनेलाई करको दायरामा ल्याउनुपर्छ । विदेशमा कमाएको सम्पत्तिको शुन्य दशमलब २ प्रतिशत नेपाल सरकारलाई कर तिर्नुपर्छ’ उनले भने, ‘सधैं विदेशीको मुख ताकेर बजेट ल्याउनुपर्ने हाम्रो देशमा विदेशमा बस्ने नेपालीले कर तिरे भने यसले देश विकासमा धेरै सहयोग पुग्नेछ ।

    फरक प्रसँगमो उपाध्यक्ष बज्राचार्यले एकताका लागि अध्यक्ष पदको उम्मेदवारी हापेको बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष बज्राचार्यले भने, ‘एकताकै लागि मैले मुटुमाथि ढुंगा राखेर जित्दै गरेको निर्वाचन पनि हापेको हुँ । यदि मैले एकता नगराएको भए फरक गुटका साथीहरुले पद नपाउने भएपछि एकता सम्भव थिएन । मैले त्याग गरेकै कारण धेरै साथीहरु एनआरएनएमा जोडिनु भयो । अहिले धेरै साथीहरु विभिन्न देशहरुको एनसीसीमा एकता गर्दै हुनुहुन्छ ।’

    ‘एउटा उपाध्यक्षलाई वरिष्ठ पद दिइयो, अर्को उपाध्यक्षको आकांक्षीलाई हुलमुलमा छोडिएको महसुस गरेको छु’, उपाध्यक्ष बज्राचार्यले भने, ‘उपाध्यक्षको वरियताक्रममा मेरो नाम शीर्षस्थानमा रहोस् भन्ने मेरो जोडदार माग छ । निर्वाचनपछि सातातिना दुईतीनवटा बैठक भयो, पूर्ण बैठक अहिलेसम्म बस्न सकेको छैन । अध्यक्षज्यू विभिन्न देशमा फुटेको एनसीसी जोड्न व्यस्त हुनुहुन्छ ।’

    ‘अहिले मैले ट्रेड प्रमोशनको जिम्मेवारी सम्हालिरहेको छु । जिम्मेवारी पाए पनि कामै गर्न नपर्ने हो कि भन्ने कहिलेकाहिँ महसुस हुन्छ । एनआरएनएले ट्रेड के गर्ने ? ट्रेड भन्ने कुरा सरकारमार्फत् हुने हो । यद्यपि नेपालको टे«ड विस्तारमा लागिरहेको छु’ उपाध्यक्ष बज्राचार्यले भने, ‘अमेरिका र जापानमा ट्रेड मेलाका लागि हामी लागिरहेका छौं ।’

    वृहद् एकता महाधिवेशनमा तपाईंको भूमिका के रहन्छ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उपाध्यक्ष बज्राचार्यले भने, ‘सबैलाई एकताबद्ध बनाएर म अध्यक्षको प्रत्यासी बन्नेछुु । अध्यक्ष जितेर एनआरएनएलाई हाइटमा पु¥याउने छु ।’

  • २४ बैशाख २०८३, बिहीबार १७:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित