काठमाडौ बैशाख २५ । वरीयता र स्थापित परम्परा मिचेर प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज रिट दायर गरेका हुन् । राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र साह, संवैधानिक परिषद, संसदीय सुनुवाइ समिति र प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्मालाई रिटमा विपक्षी बनाइएको छ ।
तर, प्रधानमन्त्री बालेन्द्रको प्रस्तावमा अन्य चार जनाले समर्थन जनाएपछि बहुमतका आधारमा यो निर्णय लिइएको हो । नेपालको न्यायिक इतिहासमा यसअघि वरीयताक्रम मिचेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस भएको थिएन ।
संवैधानिक परिषद्को यो निर्णय विधि र प्रक्रिया विपरीत भएको जिकिरसहित रिटमा शर्माको सिफारिस बदर गर्न माग गरिएको छ ।









