मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुकुम्बासी बस्तीमा डोजर नलगाउन सर्वोच्चको अन्तरिम आदेश
  • मार्गरेखा संवाददाता

  • काठमाडौ बैशाख २५। सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले सुकुम्बासी बस्तीहरुमा आक्रामक तवरले चलाइएको डोजर  तत्काल बन्दका लागि अन्तरिम आदेश दिएको हो ।

    सरकारले अघिल्लो शनिबार थापाथली, सिनामंगल, मनोहरालगायतका क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा व्यवस्थापन र दीर्घकालीन योजना बिना डोजर चलाएपछि दिनेश त्रिपाठी, जस्मीन ओझा, ओजस्वी भट्टराई, माजिद अन्सारीसहित चार जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृहमन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

    उक्त मुद्दामा सर्वोच्चले सरकारलाई डोजर चलाउने काम तत्काल बन्द गर्न आदेश दिएको हो । आदेशको विस्तृत विवरण आउन बाँकी छ।

  • २५ बैशाख २०८३, शुक्रबार १९:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित