मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रतिवादमा उत्रिन पार्टीका नेता कार्यकर्तालाई सभापति गगन थापाकाे निर्देशन
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ बैशाख २५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुकुम्वासी बस्तीमाथि बर्बरतापूर्वक हमला गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

    शुक्रबार सानेपास्थित पार्टी मुख्यालयमा आयोजित ‘नेपालमा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको अवस्थाः डोजर आतंक र सुकुम्वासी पीडा’ विषयक कार्यक्रममा बोल्दै यस्तो निर्देशन दिएका हुन्। उनले पार्टीका संघीय, प्रदेश तथा स्थानीय सरकारमा रहेकाहरूलाई सरकारको बर्बरताको प्रतिवाद गर्न सचेत गराए।

    उनले सरकारले सुकुम्वासी बस्तीमा बर्बरता देखाएर पनि कम्फरटेबल फिल गरिरहेको भन्दै यस्तो शासक आफूले यसअघि नदेखेकोसमेत बताए। सभापति थापाले सरकारले बल प्रयोग गर्दा नागरिकलाई पीडालाई समेत बेवास्ता गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।

    उनले भने, ‘अहिले सत्तामा बसिरहनुभएका साथीहरुको जुन क्रुरता छ नि, जुन बर्बरता छ, यो क्रुरता र बर्बरतापछाडि पनि कम्फटेवल फिल गर्ने कुरा मैले विगतमा देखेको छैन। यो खालको क्रुरता, बर्बरता मैले अहिलेसम्म देखेको छैन।’

  • २५ बैशाख २०८३, शुक्रबार १९:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित