डा.कोइरालाले पार्टीको समग्र एकता नहुँदासम्म कांग्रेसले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने बताउँदै पद र व्यक्तिको कुरा गौण रहेको बताए ।
पार्टीको निर्णायक भूमिकामा बस्नेहरूले सामूहिक भावना र साझा विचार प्रदर्शन गर्नुपर्ने भन्दै नेता कोइरालाले भावनात्मक एकता बिना कांग्रेसमा आबद्ध सदस्यहरूको भूमिका सुनिश्चित नहुने बताएका छन् । स्थानीय र प्रदेश निर्वाचन निकट रहेको उल्लेख गर्दै कोइरालाले ती निर्वाचनमा पनि नागरिकको भरोसा जित्न नसके कांग्रेसको राजनीतिक औचित्यमाथि प्रश्न उठ्ने उल्लेख गरेका छन् ।











