मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पार्टी एकतामा जोड दिँदै पूर्णबहादुर खड्काको आग्रह, केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि
  • मार्गरेखा संवाददाता

  • काठमाडौ बैशाख २९ । नेपाली काँग्रेसका निर्बतमानकार्यबाहक सभापति पूर्णबहादुर खड्का ले नेपाली कांग्रेसको हालै विस्तार गरिएको केन्द्रीय कार्यसमितिबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार वैशाख २८ गते गरिएको भनिएको केन्द्रीय कार्यसमिति मनोनयनबारे आफूलाई कुनै जानकारी तथा परामर्श नभएको स्पष्ट पारेका छन्।
    खड्काले केही हप्ता अघि गगन थापा सँग एकल तथा केही दिनअघि गगन थापा र विश्वप्रकाश शर्मा सँग सामूहिक छलफल भएको उल्लेख गर्दै देशको राष्ट्रियता, संविधानवाद र लोकतान्त्रिक मूल्यहरूमाथि चुनौती बढिरहेको विषयमा आफूले धारणा राखेको बताएका छन्।
    उनले नेपाली कांग्रेस अहिले इतिहासकै जटिल र प्रतिकूल मोडमा रहेको उल्लेख गर्दै पार्टीभित्र बृहत् र सम्पूर्ण एकता कायम नगरी राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकिने बताएका छन्। पार्टी एकताको मुख्य जिम्मेवारी गगन थापा र दोस्रोमा विश्वप्रकाश शर्माको काँधमा रहेको उल्लेख गर्दै उनले “समय कम भएकाले सबै कुरा छाडेर पार्टीलाई एक बनाउने अभियानमा लाग्न” आग्रह गरेका छन्।
    खड्काले वैशाख २८ गतेको निर्णयले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्ने उद्देश्यमा ठेस पुगेको आफ्नो स्पष्ट मत रहेको बताएका छन्। उनले विगतमा विभाजित कांग्रेसले ठूलो राजनीतिक क्षति बेहोरेको र जनविश्वास समेत गुमाएको स्मरण गराउँदै त्यसबाट शिक्षा लिन आवश्यक रहेको उल्लेख गरेका छन्।
    त्यस्तै, फागुन २१ गते सम्पन्न आम निर्वाचनको परिणामले पार्टीलाई झस्काएको मात्र नभई ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उनले नयाँ सोच, साझा दृष्टिकोण र भावनात्मक एकताको आधारमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।
    अन्त्यमा खड्काले अझै पनि पार्टी नेतृत्व तहमा रहेका नेताहरूले बृहत् एकता, सामूहिक भावना र साझा विचारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

  • २९ बैशाख २०८३, मंगलवार १४:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित