मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मिस नेपाल २०२६ को पहिलो अडिसन नेपालगन्ज सुरू
  • मार्गरेखा संवाददाता

  • अडिसनका लागि २०२५ का मिस नेपाल वर्ल्ड लुना लुइटेल, मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी, मिस नेपाल कोज्मो दीपसिखा नेपाल आइतबार नै नेपालगन्ज आइपुगेका छन् । आफूसँग भएको क्षमतालाई आत्मविश्वासका साथ प्रस्तुत गर्दै प्रतियोगितामा सहभागी हुन उनीहरूले आग्रह गरेका छन्।

    द हिडन ट्रेजर’ले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको हो। नेपाल तथा विदेशमा बसोबास गर्ने इच्छुक युवतीहरूले आगामी जेठ २५ गतेसम्म आवेदन दिन सक्ने आयोजकले जनाएको छ ।

    मिस नेपाल २०२६ को ग्रान्ड फिनाले आगामी साउन १६ गते काठमाडौँको द प्लाजामा आयोजना हुने भएको छ। प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेट चयन गरिनेछ।

    प्रतियोगितामा सहभागी हुन न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्ष हुनुपर्ने मापदण्ड तोकिएको छ। आवेदन निःशुल्क रहेको आयोजकले जनाएको छ।

    यस वर्ष देशका विभिन्न सहरमा अडिसन कार्यक्रम सञ्चालन गरिनेछ। थप जानकारीका लागि मिस नेपालको आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत आवेदन दिन सकिने आयोजकले जनाएको छ ।

  • ११ जेष्ठ २०८३, सोमबार १२:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित