मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते
  • मार्गरेखा संवाददाता

  •  

    अछाम जेठ १६ । अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् ।

    दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ मा भएको दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेर घाइते भएका दुई जनाको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिए ।

    दुर्घटनामा परेर घाइते भएका दुई जनाको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिए ।

    उनीहरु दुवै जनाको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये चालकसहितको अवस्था पनि गम्भीर छ ।

    चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी २८ वर्षीय चालक राज राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार शाहको अवस्था पनि गम्भीर रहेको छ । उनीहरुको पनि सुर्खेतमै उपचार भइरहेको छ ।

    घाइते भएका स्याङ्जाको फेदीखोला नगरपालिका–४ का अर्जुन कुमार पौडेलको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

  • १६ जेष्ठ २०८३, शनिबार ०९:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित