मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित
  • मार्गरेखा संवाददाता

  • काठमाडौ जेठ १७ ।  राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ।

    लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर अनिलकुमार झाले राष्ट्रिय सद्भावना पार्टी पुनर्गठन गरेका थिए।

    झाले उक्त पार्टी आज नेपाली कांग्रेसमा समाहित गरेका हुन्। झा गत फागुन २१ को चुनावमा रूख चिह्नबाट चुनाव पनि उठेका थिए।

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज भएको कार्यक्रममा सभापति गगन थापाले राष्ट्रिय सद्भावना पार्टीका नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

    कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार कांग्रेस र राष्ट्रिय सद्भावना पार्टीबीच सहमतिको दस्तावेजमा सभापति गगन थापा र राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष नृपेन्द्रकुमार सिंहले हस्ताक्षर गरेका छन्।

    साथै सभापति थापाले नेता अनिल झालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।

    राष्ट्रिय सद्भावना पार्टीका विभिन्न तहगत संरचनामा रहेका नेता कार्यकर्ताको नेपाली कांग्रेसमा समायोजनका लागि भने कांग्रेसका नेता अर्जुननरसिंह केसी र अनिल झा रहेको कार्यदललाई दुई साताभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ।

  • १७ जेष्ठ २०८३, आईतवार १६:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित