मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्रपाका महामन्त्री धवल सम्सेर  राणाद्वारा नयाँ अभियानमा सहभागी हुन आह्वान
  • मार्गरेखा संवाददाता

  • काठमाडौं, जेठ १७ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री  डा. धवलशमशेर राणाले देशभित्र तथा विदेशमा रहेका नेपाली र राष्ट्रवादी शक्तिहरूलाई नयाँ अभियानमा सहभागी हुन हार्दिक आह्वान गरेका छन्।
    शनिबार जारी आह्वानपत्रमार्फत महामन्त्री  राणाले सदस्य, समर्थक तथा शुभेच्छुकहरूको राय–सल्लाह बमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने लक्ष्यसहित नयाँ बाटो तय गर्ने निर्णय गरिएको बताएका छन्। उनले समयको माग र जनभावनाअनुसार अभियानलाई अघि बढाइने उल्लेख गर्दै देशलाई माया गर्ने, समृद्ध नेपाल चाहने राष्ट्रवादी नागरिक तथा नयाँ पुस्तालाई समेत अभियानमा जोडिन आग्रह गरेका छन्।
    आह्वानपत्रमा विगत चार वर्षमा पार्टीलाई जनभावनाअनुकूल अघि बढाउने प्रयास भए पनि विरोधाभास र वैचारिक द्विविधाका कारण पार्टी जनताबाट टाढिएको स्वीकार गरिएको छ। राणाले राप्रपामा आबद्ध सबै साथीहरूलाई सही लक्ष्य र दिशामा एकताबद्ध भई अघि बढ्न आग्रह गर्दै कसैप्रति पूर्वाग्रह वा वैरभाव नरहेको स्पष्ट पारेका छन्।
    उनले स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गर्दै राष्ट्रवादी शक्तिहरूबीच एकता कायम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, पार्टीका सदस्य, समर्थक तथा शुभेच्छुकलाई नयाँ अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।
    राणाको यो आह्वानलाई राप्रपाभित्र वैचारिक स्पष्टता, संगठनात्मक पुनर्गठन तथा राष्ट्रवादी शक्तिहरूको एकीकरणतर्फको पहलका रूपमा हेरिएको छ।

  • १७ जेष्ठ २०८३, आईतवार १६:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित