काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल थारू संघको अध्यक्षमा शिवनारायण महतो गुरौ निर्वाचित भएका छन्।
सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भएको थारू संघको प्रथम महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै आइतबार सकिएको हो।
संघको उपाध्यक्षमा उदयपुरका भोगेन्द्रप्रसाद चौधरी निर्वाचित भए भने महामन्त्रीमा बाँकेका फूलाराम चौधरी निर्वाचित भए। सहमहामन्त्रीमा नवलपरासीका राधेश्याम चौधरी चयन भए।
नेपाल थारू संघ नेपाली कांग्रेसको नयाँ भ्रातृ संस्था हो। कांग्रेसमा १३ वटा भ्रातृ संस्था छन्।









