मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेविसंघकाे पहिलाे छात्रा अध्यक्ष करूणा कटुवाल
  • मार्गरेखा संवाददाता

  • काठमाडौ जेठ १८ ।  नेपाली कांग्रेसले आफ्नो प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करूणा कटुवाललाई नियुक्त गरेको छ ।

    नेविसंघले स्थापनाकालदेखिकै पहिलो महिला अध्यक्ष पाएको हो ।

    पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गतेको निर्णय बमोजिम धनकुटाकी कटुवाललाई सो जिम्मेवारी प्रदान गरेका हुन् । नेविसंघको कार्यसमितिको म्याद समाप्त भई स्वतः विघटन भएपछि रिक्त रहेको पदमा यो नियुक्ति गरिएको हो ।

    नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) मा रहेको व्यवस्था बमोजिम सभापति थापाले कटुवाललाई अध्यक्ष पदमा नियुक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

    नवनियुक्त अध्यक्ष कटुवाललाई मुख्य गरी दुईवटा जिम्मेवारी दिइएको छ । तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्ने र पार्टीले प्रदान गरेको ११ बुँदे कार्यादेश र कार्यविवरण अनुसार संस्थाको कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको छ ।

    नेविसंघलाई गतिशील बनाउँदै समयमै अधिवेशन गराउने उद्देश्यका साथ यो कदम चालिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

  • १८ जेष्ठ २०८३, सोमबार १८:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित