मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

देवभूमि योजनामा प्रशिद्व बागेश्वरी मन्दिरलाई बर्तमान सरकारले बजेटमा न परेपछि पूर्वमन्त्री राईको सरकारमाथि कडा आपत्ति
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, असार १४ गते। बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले वर्तमान सरकारले बाँके र नेपालगञ्जप्रति पूर्वाग्रही रहेको आरोप लगाएका छन्।
    नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ द्वारा आयोजित आर्थिक वर्ष २०८३/०८४ को वडा भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सांसद राईले भने, “म पटकपटक मन्त्री हुँदा कहीँ कतै पनि पूर्वाग्रही भइनँ, तर वर्तमान सरकार भने बजेट कटौतिर गरेकाे बताए
    पुर्वमन्त्री राईले  नेपालगञ्जकाे मागअनुसारको बजेट मात्र होइन, योजनामा नै समावेश गर्न समेत पूर्वाग्रही सोच देखाइएको बताउदै  प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई देवभूमि योजनाभित्र राखेर अगाडि बढाउन आफूले गरेको प्रस्तावलाई सरकारले उपेक्षा गरेकोमा आक्रोश व्यक्त गरे। कार्यक्रममा वडा नम्बर १८ का वडा अध्यक्ष दिपक कुमार बर्माकाे सभापतित्वमा सम्पन्न भएकाे कर्यक्रम जनप्रतिनिधि तथा स्थानीयवासीहरू सहभागी थिए।

  • १४ असार २०८३, आईतवार २०:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित