काठमाडौ असार ३१ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले मिडियाका कार्यालयअगाडि गाडी तेर्स्याउने काममा प्रहरीसमेत जोडिएको दाबी गरेकी छन् । अध्यक्ष शर्माले आज सामाजिक सञ्जालमार्फत सो दाबी गरेकी हुन् ।
‘शंकास्पद रूपमा मिडिया अवरोध गर्ने गरी पार्किङ गरिएका गाडीको कुनै पनि अनुसन्धानबिना दोषी प्रमाण फिर्ता गर्नुले यो विषयमा प्रहरीसमेत जोडिन पुगेको छ’, शर्माले सामाजिक सञ्जालमा लेखेकी छन् ।
साथै, उनले यस घटनाको अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने बताएकी छन्









