नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार केवल गोली, लाठी र स्टाटसमा मात्रै सीमित हुन नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले संकटमा सरकारको भूमिका प्रभावकारी नभएको बताए ।
शान्ति र सद्भाव कायम गर्न सामूहिक रूपमा अपिल गर्नुपर्नेमा उनले जोड दिए । सभापति थापाले जिल्ला स्तरमा समेत सर्वदलीय बैठक गरेर संयुक्त आह्वान गर्नुपर्ने प्रस्ताव राखेको बताए।









