मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

समाजमा धृणा, द्वेष र आक्रमण हुँदा सबै राजनीतिक दल एकठाउँमा उभिनुपर्ने सभापति रबि लामिछाने
  • मार्गरेखा संवाददाता

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समाजमा धृणा, द्वेष र आक्रमण हुँदा सबै राजनीतिक दल एकठाउँमा उभिनुपर्ने बताएका छन् ।

    सुनसरी घटनाबारे छलफल गर्न बुधबार बिहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

    कुनै पनि साम्प्रदायिक किसिमका धृणा, द्वेष वा आक्रमणका गतिविधि हुँदा सबैलाई घाटा हुने उल्लेख गर्दै लामिछानेले भने, ‘देश सबैको हो, राजनीतिक रूपम हामीले लड्ने मैदान फरक छन्, तर यस किसिमका घटनाहरू हुँदा हामी एकैठाउँमा उभिनुपर्छ भन्ने कुरा जुन महसुस हामी सबै राजनीतिक दलहरूले गर्‍यौँ ।’

    अब सबै दलको तर्फबाट संयुक्त अपिल सार्वजनिक गर्ने उनले जानकारी दिए ।

    प्रतिक्रिया दिने क्रममा सञ्चारकर्मीले लामिछानेलाई बैठकमा प्रधानमन्त्री वा गृहमन्त्रीको सहभागिताको विषयमा प्रश्न गरेका थिए । जसको उत्तरमा लामिछानेले यो बैठक राजनीतिक दलहरूबीच सामूहिक अपिल, राजनीतिक धारणा बनाउन तथा विगतक अनुभव साट्नका लागि भएकोले सरकारका प्रतिनिधि सहभागी नभएको बताएका थिए ।

    सरकारले आफ्नो ढंगबाट यस घटनालाई साम्य पार्ने तथा न्याय दिने काम हुने उनले भनाइ छ ।

  • १३ श्रावण २०८३, बुधबार ११:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित