मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सर्वदलीय बैठकले के निर्णय गर्‍यो
  • मार्गरेखा संवाददाता

  • बैठकमा सुनसरीको देवानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीचको विवाद बढ्दै ‘साम्प्रदायिक’ रुप लिँदा सरकारको उचित अग्रसरता समेत नदेखाएको भन्दै विपक्षीले प्रश्न उठाएका थिए । उक्त बैठकपछि जारी संयुक्त अपिलमा सर्वदलीय बैकले सरकारको ध्यनाकर्षण गरेको हो ।

    “नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो,” सर्वदलीय बैठकको नेपाल सरकारको ध्यानाकर्षण शीर्षकमा भनेको छ, “अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।”

    अपिलमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सर्वदलीय बैठकका सहभागि दलहरू एकताबद्ध रहेको सन्देश दिइएको छ । साथै, जिल्ला तथा स्थानीय तहका आआफ्ना पार्टीका संगठनलाई सर्वदलीय बैठक आह्वान गर्न र सद्भावका लागि काम गर्न पनि आह्वान गरिएको छ ।

    सुनसरीमा उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्ने दृढता पनि दलहरूले व्यक्त गरेका छन् ।

  • १३ श्रावण २०८३, बुधबार १२:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित