मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सामाजिक सद्भाव र एकता कायम राख्नका लागि सक्रिय हुन नेकपा (एमाले) अध्यक्ष केपि ओलीकाे आग्रह
  • मार्गरेखा संवाददाता

  • आज एक विज्ञप्ति जारी गर्दै अमानवीय क्रम रोकिनुको सट्टा झन् उग्र बन्दै भएको बताएका हुन्। उनले जटिल र संवेदनशील घडीमा सम्पूर्ण नागरिक, राजनीतिक दल तथा सरोकारवालाहरूलाई चार बुँदे अपिल गरेका छन्।

    जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू भइरहेको हुन सक्नेतर्फ सचेत गराउँदै सामाजिक सद्भाव र एकता कायम राख्नका लागि सक्रिय हुन अनुरोध गरेका छन्।

    नागरिकको जीउधनको रक्षा गर्नु र संवादको माध्यमबाट समस्याको समाधान गरी देशलाई शान्तिको बाटोमा लैजानु सरकारको प्राथमिक दायित्व भएपनि मौन बसेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।
    विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शङ्कास्पद एवं भर्त्सनायोग्य छ । हिंसात्मक कदम तत्काल रोकी अविलम्ब संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्दछु ।’

    मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बेला मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप-प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्।

    विज्ञप्तिमा भनिएको छ, ‘द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन सक्दैन । संवाद, सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट मुलुकलाई निकास दिने छ ।’

    राष्ट्रको अस्तित्व, शान्ति-सुरक्षा र सामाजिक सद्भावमाथि सङ्कट आउन लागेको भन्दै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गरेका छन्।

  • १४ श्रावण २०८३, बिहीबार १७:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित