काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले तराईका विभिन्न जिल्लामा देखिएको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उपचारका लागि हङकङमा रहेका देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालीको विशेषता भनेकै एकअर्काको सहअस्तित्वलाई स्वीकार्दै सद्भाव कायम राख्नु भएको बताएका हुन् ।
‘केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएका गतिविधिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हामी नेपालीहरूको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु हो,’ उनले भनेका छन्, ‘म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न हार्दिक अनुरोध गर्दछु।’
पुर्वप्रधामनत्री देउवाले हिंसा थप भड्किन नदिन सरकारलाई राजनीतिक दलसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न पनि अनुरोध गरेका छन्
यस घटनामा निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ उनले भने, ‘साथै, हिंसा थप भड्किन नदिन सरकारलाई सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न अनुरोध गर्दछु ।’









