काठमाडौं साउन १६ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वघोषित राष्ट्रिय भेलाको तयारीबारे आज जानकारी गराउने भएको छ ।
संस्थापन इतर समूहले आज शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर २९ साउनका लागि तय भएको राष्ट्रिय भेलाको तयारीबारे जानकारी गराउने भएको हो ।
संयोजक विश्वकर्माका अनुसार दिउँसो १ः३० बजे पत्रकार सम्मेलनको समय तय गरिएको छ ।









