मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

साउन २० मा काँग्रेस एकताका लागि राष्ट्रिय एकता भेला’ गर्दै
  • मार्गरेखा संवाददाता

  • काठमाडौं, साउन  १७ । नेपाली कांग्रेसभित्रको आन्तरिक एकता सुदृढ गर्ने उद्देश्यले ‘देश र कांग्रेस जोड्ने अभियान’ले आगामी साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने भएको छ।
    आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले पार्टीभित्र लामो समयदेखि देखिएको मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठन कमजोर बनेको उल्लेख गर्दै कांग्रेसको एकता लोकतन्त्रको रक्षा र राष्ट्रिय स्थायित्वका लागि अपरिहार्य रहेको जनाएको छ।
    पत्रकार सम्मेलन लाई सम्बाेधन गदै नेपाल बिधार्थी संघका पुर्व अध्यक्ष नयन सिह महरले  नेपाली कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक शक्तिहरू कमजोर हुने र प्रतिगामी प्रवृत्तिहरू हाबी हुने अवस्था सिर्जना हुने भएकाले पार्टी एकता कुनै ब्यक्तिगत  स्वार्थको विषय नभई राष्ट्रिय दायित्व रहेकाे बताए ।
    पुर्वअध्यक्ष महरले बाचन गरेकाे  प्रेस बिज्ञप्ती    देश यतिबेला साम्प्रदायिक तनाव, आर्थिक मन्दी, बेरोजगारी, युवाको पलायन, सुशासनको संकट तथा जनजीविकासम्बन्धी समस्याबाट गुज्रिरहेको उल्लेख गर्दै यस्ता राष्ट्रिय मुद्दामा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाइएको छ। साथै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि पनि चिन्ताको विषय बनेको वक्तव्यमा उल्लेख गरिएको छ।
    अभियानले यही परिस्थितिलाई मध्यनजर गर्दै ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरिएको जनाएको छ। एकताबद्ध कांग्रेसले मात्रै जनताको विश्वास पुनः प्राप्त गर्न, लोकतन्त्रको प्रभावकारी रक्षा गर्न तथा देशलाई सही राजनीतिक दिशातर्फ अघि बढाउन सक्ने विश्वास अभियानले व्यक्त गरेको छ।
    अभियानअन्तर्गत आगामी साउन २० गते बिहान ११ बजे काठमाडौंको मिराकल पार्टी प्यालेस, सुकेधारामा ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जनाइएको छ। उक्त भेलामा देशभरका ७५३ स्थानीय तह, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा विभिन्न तह, वर्ग र समुदायबाट प्रतिनिधित्व सुनिश्चित गरिने अभियानले जनाएको छ।
    भेलामार्फत पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने तथा अभियानको आगामी कार्ययोजना सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।
    अभियानले नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक, लोकतन्त्रप्रेमी नागरिक तथा सञ्चारमाध्यमलाई अभियानमा साथ, सहयोग र सकारात्मक सहभागिताका लागि आह्वान गरेको छ।

  • १७ श्रावण २०८३, आईतवार १२:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित