मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भक्तपुर जिल्ला अदालतले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न प्रहरीलाई आदेश
  • मार्गरेखा संवाददाता

  • काठमाडौं साउन १८ । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुर जिल्ला अदालतले थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको छ । अदालतले प्रसाईंविरुद्ध म्याद नथपी छाड्न आदेश दिएको हो ।

    प्रसाईंलाई अनुसन्धानका लागि सात दिनको थुना म्याद माग गर्दै सोमबार अदालतमा पेस गरिएको थियो । अदालतले म्याद थप गर्न अस्वीकार गरेको छ ।

    यता, प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित सोमबारै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । प्रसाईंकी श्रीमती उमाले सोमबार (साउन १८) बन्दीप्रत्यक्षीकरण रिट दिएकी हुन् ।

    प्रसाईंलाई आइतबार राति विनाकारण प्रहरीले पक्राउ गरेको दाबी रिटमा गरिएको छ । रिटमाथि सुनुवाइका लागि मंगलबारलाई पेसी तय भएको थियो । जिल्ला अदालतको आदेश अनुरुप प्रसाईं जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतबाट छुट्ने तयारीमा छन् ।

    प्रसाईंविरुद्ध सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुरसहित तीनवटा आरोपमा म्याद थप गर्न प्रहरीले भक्तपुर अदालतमा लगेको थियो । उनले सरकारविरूद्ध आन्दोलनको घोषणा गरेका थिए ।

  • १८ श्रावण २०८३, सोमबार १९:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित