पत्रकारहरूकाे एक जिज्ञासमा महासचिव पाेखरेलले ‘सरकारले काम गर्न सुरु गरेको चार महिनामा विकल्प खोज्नुपर्छ भन्ने ठाउँमा त पुगिसकेका छैनौँ। तर स्वेच्छाचारी ढङ्गले चलेका गतिविधिलाई रोक्नको लागि जनता फेरि सडकमा आउनुपर्ने स्थिति हुन सक्छ बताउदै हाम्रो पार्टी मुलुकको रक्षा, जनताका हितका लागि कार्यकर्ताहरूलाई जुनसुकै बेला सडकमा आउनुपर्ने हुन सक्छ, तयार भएर बस्नुस् भनेको छ।’
उनले प्रतिपक्षमा रहेका लोकतान्त्रिक पार्टीहरू मिलेर सरकारलाई गलत दिशामा जानबाट रोक्नुपर्ने बताए।उनले थपे, ‘राजनीतिक दलहरूले आफूलाई जनताको विश्वास जित्नका लागि सुधार गर्ने जरुरी छ। हाम्रो पार्टीलाई पनि सुधार गर्दै जान्छौँ। मुलुकको संविधान र लोकतन्त्रको रक्षा, जनाधिकारका प्रश्नमा हाम्रो पार्टी प्रतिबद्ध छ।’
उनले सम्पत्ति शुद्धीकरण आधार बनाएर गिरफ्तार गर्ने कुरा सामान्यतया उचित होइन। कालो धनको पो शुद्धीकरणको विषय हो, तर नेपालमा कर प्रणालीमा रहेका झन्झटका कारण मान्छेले आफ्नो आयको वैधता पुष्टि गर्न नसकेको चीजलाई नै कालो धन मान्न थालियो भने नेपालमा व्यापार–व्यवसाय गर्ने सबै मान्छेहरू कालो धनका शिकार हुन्छन्।’










