मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सरकार बलियो र स्थिर होस् भन्ने चाहना राख्नु हाम्रो कमजोरी  न ठान्न आग्रह काँग्रेस प्रवक्ता चालिसे
  • मार्गरेखा संवाददाता

  • नेपाली काँग्रेसप्रवक्ता देवराज चालिसेले हामी सरकारको अस्थिरता चाहँदैनौं । सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सरकार बलियो र स्थिर होस् भन्ने चाहना राख्नु हाम्रो कमजोरी  न ठान्न अनुराेध गरेका छन । साे कुरा आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बताएका हुन  ।

    प्रवक्ता चालिसेले  सरकार नैतिक तथा राजनीतिक संकटमा पर्दा समस्याको समाधान खोज्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने रणनीतिमा लागेको बताउदै  सरकार जनविश्वासको संकटमा पर्दा त्यसबाट बाहिरिने उपाय खोज्नुको सट्टा नयाँ–नयाँ विषय सिर्जना गरेर ध्यान मोड्ने प्रयास गरिरहेको टिप्पणी गरे ।

    चालिसेले भने  कांग्रेसले वर्तमान सरकार अस्थिर होस् भन्ने चाहना नराखेको स्पष्ट पार्दै सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा बलियो र स्थिर बन्नुपर्ने आफ्नो धारणा दोहोर्‍याएको छ ।

    उनले कांग्रेसले कुनै पनि राजनीतिक दलको आन्तरिक विषयमा टिप्पणी गर्न नचाहेको उल्लेख गर्दै सरकारका गतिविधिका कारण लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेका बेला भने मौन बस्न नसकिने बताए ।

    प्रवक्ताले चालिसेले हामी कुनै पनि दलको आन्तरिक विषयमा टिप्पणी गर्न चाहँदैनौं । तर, सरकारका गतिविधिले लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेको अवस्थामा हामी मौन रहन नक्ने बताउदै राजनीतिक घटनाक्रमले सत्तामा पुगेका दल संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक मूल्यमान्यताप्रति समान रूपमा प्रतिबद्ध रहन्छन् भन्ने सुनिश्चितता नहुने देखिएको बताए ।

  • २० श्रावण २०८३, बुधबार १४:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित