मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पार्टीभित्र आत्मीयता र सम्मान भए मात्रै कांग्रेस बलियो हुन्छ : सिटौला
  • मार्गरेखा संवाददाता

  • झापा, २४ साउन । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्रका नेता–कार्यकर्ताबीचको आत्मीयता, सम्मान, एकता र सद्भावले मात्रै संगठन बलियो बन्ने बताउनुभएको छ।
    नेपाली कांग्रेस झापा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले पार्टीका साथीहरूबीच आपसी एकता, भाइचारा र मेलमिलाप कायम गर्नुपर्नेमा जोड दिनुभयो।
    उहाँले पार्टीभित्र देखिएका आन्तरिक विवादलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्ने बताउँदै विवादका विषयमा सम्मानित अदालतबाट पीडित पक्षले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो।
    कार्यक्रममा नेपाली कांग्रेस झापाका नेता तथा उल्लेख्य संख्यामा कार्यकर्ताको सहभागिता रहेको थियो। सिटौला माओवादी शान्ति वार्ताका सरकारी टोलीका संयोजक तथा संविधान मस्यौदा समितिका संयोजकसमेत रहनुभएको थियो।

  • २४ श्रावण २०८३, आईतवार १४:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित