मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रियताको रक्षाका लागि पार्टीको आन्तरिक एकता पहिलो शर्त : पुर्ण बहादुर खड्का
  • मार्गरेखा संवाददाता

  • शुक्रबार कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रियताको रक्षाका लागि पार्टीको आन्तरिक एकता पहिलो शर्त भएको उल्लेख गरे । खड्काले वि.सं. २०३३ सालमा जननायक बीपी कोइरालाले राष्ट्रियतामा खतरा देखेर मेलमिलापको नीति लिई स्वदेश फर्किएको समयको तुलनामा अहिलेको परिस्थिति सयौँ गुणा बढी चुनौतीपूर्ण र संवेदनशील रहेको दाबी गरे ।

    देशमा हालै देखिएका जातीय र धार्मिक द्वन्द्वका घटनाहरूप्रति संकेत गर्दै नेता खड्काले यसलाई एउटा डरलाग्दो भविष्यको ‘ट्रेलर’ मात्र भएको टिप्पणी गरे । मधेसमा देखिएका पछिल्ला अस्थिरताहरूले देशलाई तरंगित बनाएको उल्लेख गर्दै उनले बेलैमा सचेत नभए मुलुकले भयावह स्थितिको सामना गर्नुपर्ने चेतावनी दिए ।

    उनले भने, “अहिले नेपालको राष्ट्रियता र संविधानमाथि ठुलो खतरा छ । यसलाई जोगाउन कांग्रेसभित्रको पूर्ण एकता र लोकतन्त्रवादी शक्तिहरूको ध्रुवीकरण अनिवार्य छ । यदि हामी एकताबद्ध भएर छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई गम्भीरतापूर्वक अगाडि बढाउन सकेनौँ भने देशले ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ ।”

    पार्टीको आन्तरिक राजनीतिका सन्दर्भमा बोल्दै खड्काले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजान भेलाले संकल्प गर्ने विश्वास व्यक्त गरे । उनले विशेष महाधिवेशन वा अन्य कुनै नाममा पार्टीभित्र गरिने अवैधानिक गतिविधिहरूले संगठनलाई अहित गर्ने बताउँदै नेतृत्वलाई सच्याउन र एकताको बाटोमा फर्कन दबाब दिनुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपाल

  • २९ श्रावण २०८३, शुक्रबार २१:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित