राेल्पा साउन ३१ । अबिर वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु संगै राेल्पामा पहिराेले १७ जनाकाे ज्यान लिएकाे छ ।
रोल्पाको लुङ्ग्री गाउँपालिका-५ धैरेनीमा शनिबार राति परेको अविरल वर्षाका कारण पहिरो खस्दा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।
शनिबार राति पहिरोमा परेर थप एक जनाको मृत्यु भएसँगै बुधबार यता पहिरोमा परी रोल्पामा मात्रै मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १२ जनाको मृत्यु भएको थियो भने अझै एक जना बेपत्ता छन् । २ जनाको बुटवलमा उपचार चलिरहेको छ ।
त्यस्तै बिहीबार सुनछहरी गाउँपालिका-२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको थियो ।
रोल्पाको पूर्वी क्षेत्रमा पाँच दिनको अवधिमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ भने अझै १ जना बेपत्ता छन्









