काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपा सरकार निर्वाधरुपले पाँच वर्ष चल्नुपर्ने बताउदै प्रधानमन्त्री बालेन शाहलाई शासकीय अराजकता बन्द गर्न आग्रह गरेका छन्।
सानेपामा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सरकारले अराजकता सच्याइरहेको टिप्पणी गरे।
सभापति थापाले आफ्नो घरअगाडि तेर्साइएको गाडीको चालक प्रहरी नै भएको जिकिर गरे। उनले भने, ‘राज्यको एउटा संस्थालाई मैले चाहेको बेलामा गर्छु भनेर मन्त्री वा प्रधानमन्त्री कार्यालयमा बसेकाले सोचेका छन् भने त्यो गलत हो। शासकीय अराजकता अन्त्य गर्नेपर्छ।’
थापाले सरकारले राम्रो काम गरेको प्रयास गरिरहेको बताए। उनले सरकारले गलत गर्दा सचेतक गराउन नछाड्ने बताए।









