मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सर्वाेच्चले कांग्रेसकाे चारतारे झण्डाकाे आधिकारिकता पनि आफूहरूलाई दिने बिश्वास देउवा
  • मार्गरेखा संवाददाता

  • भक्तपुर भदाै २४ ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले  सर्वाेच्चले निस्सा दिएपछि कांग्रेसकाे चारतारे झण्डाकाे आधिकारिकता पनि आफूहरूलाई दिने दाबि गरेका छन। भक्तपुरमा बुधबार आयाेजित ११३ ओै बि पि जयन्ती अवसरमा  बि पि र राष्ट्रिय मेलमिला बिषयक बिचार गाेष्ठीमा  देउवाले दाबी गरेका हुन ।

    देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने बताए ।

    देउवाले गगन थापाले सनाखत नै नगरी विशेष महाधिवेशन गरेको बताउदै  सनाखत गर्नुपर्ने र सहमतिमा बोलाउनुपर्नेमा त्यस्तो नभएको बताएका हुन् ।

    देउवाले  ‘कांग्रेसको विधानमा विशेष महाधिवेशन बोलाउने प्रावधान छ । विशेष अधिवेशन पार्टीले बोलाउने हो । सुवर्णशमशेर पार्टी सभापति हुँदा बीपी कोइरालासहितको सहमतिमा विशेष महाधिवेशन बोलाइएको थियो,’ देउवाले भने, ‘यसपटक पूरा सनाखत गराएर महाधिवेशन गराएको छैन । को–के हो ? को–हो ? कहाँको हो ? नभनी गगन थापाले विशेष महाधिवेशन बोलाउनुभयो । विशेष महाधिवेशनमा भाग लिने को हो ? सूचना त पाउनुपर्‍याे नि ? कुन जिल्लाको क्षेत्रको को हो ? सनाखत गर्नुपर्दैन ?’

    आफूले सनाखत गराउन भने पनि थापाले हुन्छ दाइ मात्रै भनेको दाबी उनले गरे ।

  • २४ भाद्र २०८३, बुधबार १९:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित