मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नन्दप्रसाद जानुका प्रतिष्ठानले रसुवाका ७२ पीडित परिवारलाई राहत सामग्री वितरण
  • मार्गरेखा संवाददाता

  • रसुवा  भदाै २५ । नन्दप्रसाद जानुका शिवाकोटी प्रतिष्ठान र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज  (इनास) यूकेले भोटेकोशी प्रलयमा परी जनधन गुमाएका परिवारलाई रसुवामा पुगेर मायास्वरुप राहत सामग्री प्रदान गरेको छ। रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ राम्चेका ७२ पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

    फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले  इनास यूके र फाउन्डेसनले  जुटाएको सामग्री कालिका गाउँपालिका १ का वडा अध्यक्ष दावा तामाङलाई हस्तान्तरण गरे । राहत सामग्री ग्रहण गर्न पीडित परिवारका आफन्त आएका थिए ।

    वडामा रहेका पीडित परिवारका सदस्यहरूलाई वितरण गर्ने राहत सामग्री ग्रहण गर्दै वडा अध्यक्ष तामाङले पीडाको बेलामा सहयोग गर्न आउने  फाउन्डेसन र इनास यूके परिवारलाई धन्यवाद दिँदै  अन्य सहयोगी मन तथा संस्थाहरूलाई सहयोगको हात बढाउन आग्रह गरे ।

    फाउन्डेसनले सहयोगीहरुबाट प्राप्त सहयोग एवं आफ्नै कोषमा रहेको रकममा इनास यूकेले मायास्वरूप पठाएको सहयोग एकत्रित गरी पीडित ७२ परिवारलाई राहत वितरण गरेको अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

    इनास युकेका मनिष श्रेष्ठले पहिलो चरणमा रसुवाका पीडित परिवारसँग पुगेर माया  साटिएको बताउँदै यसपछि पनि आफूहरु पीडित परिवारसँग पुग्ने बताए ।

    भोटेकोशी प्रलायमा परी जीवन गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य अहिले पनि जारी छ।  शव फेला परेका तथा जीवित रहेको आश नभएका व्यक्तिहरूको परिवार तथा आफन्तजन यतिखेर आ-आफ्नो धार्मिक परम्परा अनुसार काजक्रियामा छन्।

  • २५ भाद्र २०८३, बिहीबार १२:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित