मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी
  • मार्गरेखा संवाददाता

  • काठमाडौ असाेज ८ ।  मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ बुलेटिन जारी गर्दै देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै वर्षाको सम्भावना बढेको जनाएको छ।

    बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको क्षेत्रमा रहेको छ। यो प्रणाली सुरुमा आफ्नो तीव्रता कायम राख्दै उत्तर-पश्चिमतर्फ सर्ने र त्यसपछिको २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ अघि बढ्दै क्रमशः कमजोर हुने महाशाखाले विश्लेषण गरेको छ।

    हालको मौसमको अवस्था अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश भू-भाग ढकमक्क बादलले ढाकिएको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा तीव्र हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षा र हावाहुरीका कारण पहाडी तथा तटीय क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो र भू-क्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहनेछ।

    यसबाट आम नागरिकको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात एवं उद्धार र राहतका कार्यहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन र विभागबाट जारी हुने अद्यावधिक सूचनाहरू नियमित रूपमा लिन महाशाखाले आग्रह गरेको छ।

  • ८ आश्विन २०८३, बिहीबार १९:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित