मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आजकाे माैसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना सचेत रहन आग्रह
  • मार्गरेखा संवाददाता

  • काठमाडौ असाेज ११ ।  मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थान आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणमा रहेको छ । मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशभरको मौसममा बदली र वर्षा भइरहेको छ ।

    हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र मधेश प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली तथा तराई भूभागमा आंशिक बदली रहनेछ ।

    कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

    सुदूरपश्चिमका तराई भूभागका धेरै स्थान, लुम्बिनीका तराई भूभागका केही स्थान तथा बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि यस्तो वर्षा हुन सक्नेछ ।

    सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।

    आज राति सुदूरपश्चिमका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

    कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • ११ आश्विन २०८३, आईतवार ०७:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित