मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा ब्राउन सुगर, भारतीय रूपैया सहित एक व्यक्ति पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज साउन २८ ।    बाँके प्रहरीले लागू औषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार हिजाे  राति करिब ८ बजे विशेष सूचनाका आधारमा खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१४ बसपार्कस्थित श्रीमतीको घरमा लुकाइछिपाई राखिएको अवस्थामा १५ ग्राम ५०० मिलिग्राम लागू औषध भेट्टाएको हो।

    प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट विभिन्न परिमाणमा नेपाली तथा भारतीय नगद, मोटरसाइकल, विभिन्न प्रकारका चाँदीका गहना र लागू औषध कारोबारमा प्रयोग हुने सामग्री समेत बरामद गरिएको छ। बरामद सूचि अनुसार १५.५ ग्राम ब्राउन सुगर, दुईवटा मोटरसाइकल (पल्सर र यामाहा R15), नेपाली रुपैयाँ १२ लाख ५० हजार ५००, भारतीय रुपैयाँ २ लाख ७८ हजार ५००, चाँदीका विभिन्न गहना र अन्य सामग्री फेला परेका छन्।

    बरामद नगद रकम नेपाली र भारतीय मुद्रामा गरी कुल नेपाली रुपैयाँ २१,०३,११९ (बाइस लाख तीन हजार एक सय उन्नाइस) पुगेको प्रहरीले जनाएको छ।

    प्रहरीले पक्राउ परेका व्यक्ति र बरामद गरिएको सम्पूर्ण सामग्रीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई थप कारबाही अगाडि बढाएको छ।

  • २८ श्रावण २०८२, बुधबार १७:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित